पोखरा । देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ । जसको प्रभावले गण्डकी प्रदेश राजधानी पोखरामा वर्षा भइरहेको छ ।
अहिले गण्डकी, कोशी र बागमती प्रदेशमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइन्छ । दिउँसोको तुलनामा आज राति कम पानी पर्ने सम्भावना छ ।
गण्डकी, कोशी, बागमती र लुम्बनी प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै गण्डकी, कोशी र बागमती प्रदेशका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution