पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । ट्होँटे पर्वको अवसर पारेर पालिकाले सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ट्होँटेको अवसरमा बिदा दिइएको उल्लेख गरे ।
मंगलबार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य र शैक्षिक संस्थामा अत्यवश्यकबाहेक बिदा हुने सूचनामा उल्लेख छ ।
ट्हो अर्थात बस्ती वा राज्य हो भने टें को अर्थ वैरी धपाउने हो ।
परापूर्वकालमा घले राजाका पालामा आफ्नो राज्यमा वैरीको आक्रमण नहोस् भनेर वैरी धपाउनका लागि ट्होटें पर्व मनाउने गरिन्थ्यो ।
पछि गाउँघरमा वनमा पाइने घाँसपात बेरेर विभिन्न पहिरनमा ढ्याङ्ग्रो ठटाउँदै भूत प्रेत पिशाचलाई तर्साउँदै धपाउने कार्य गरिन थालिएको थियो । पोखरामा गुरुङ समुदायको ट्होटें पर्वमा सिङ्गो पोखरा नै उल्हासमय देखिने गर्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution