
पोखरा । पोखरास्थित बुद्ध टोल युवा क्लब (बिटी) ले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय चार युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १ टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो ।
क्लब अध्यक्ष अशिम थापाले आगामी वर्षमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्ने बताए ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा-१ का वडाध्यक्ष शाहरा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा सधैँ साथ दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा पोखराले प्राविधिक सहयोग गरेको सचिव रेशम सापकोटाले बताए ।





