पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पोखरामा डेङ्गुको संक्रमण बढ्दै गएको भन्दै यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
वडा कार्यालय र सहरी स्वास्थ्य केन्द्र पोखरा-५ द्वारा संयुक्तरुपमा आयोजित डेङ्गु रोगको रोकथाम एवं नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले डेङ्गु संक्रमणमा पोखरा-५ महानगरकै दोस्रो स्थानमा रहेको जानकारी दिए ।
घर वरपर काम नलाग्ने र पानी भरिन सक्ने सामान बोत्तल, टायर, प्लाष्टिकका वस्तु पानी जम्न नमिल्ने गरी विसर्जन गर्न उनले आग्रह गरे ।
त्यस्तो प्रकृतिको ठाउँमा जानु अघि पुरै शरीर ढाक्ने कपडा लगाउन पनि वडाध्यक्ष बरालले सुझाव दिए ।
पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य एवं वडासदस्य हरिमाया विश्वकर्माले डेङ्गु संक्रमण फैलिँदो अवस्थामा रहेकाले यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिइन् । उनले रोग लागेर उपचार गर्नुभन्दा रोकथाम गर्नु नै राम्रो हुने स्पष्ट पारिन् ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजाखर लम्सालले डेङ्गुको राकथाम एवं नियन्त्रणसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएका थिए ।
उनले एडिज जातको (टाइगर) पोथी लामखुट्टेले आफ्नो प्रजनन् प्रकिया सुरु गर्न चाहिने प्रोटिन मानव शरीरको रगतबाट लिने बताए ।
उनले यो लामखुट्टे ३० दिनमात्र बाच्ने र एक सय मिटरको परिधिमा यात्रा गर्ने स्पष्ट पारे । पोखरा महानगरपालिकाले डेङ्गी संक्रमितको रगत परीक्षण निःशुल्क गरिरहेको जानकारी दिए ।
सहरी स्वास्थ्य केन्द्र पोखरा-५ का प्रमुख गणेश खड्काले डेङ्गु रोगसम्बन्धी प्रशिक्षण दिएका थिए । सोक्रममा उनले अचाक्ली टाउको दुख्ने, चर्काे ज्वरो आउने, सास फेर्न कठिन हुने, रक्तस्राव हुने, जिउ थाक्ने, गल्ने, रिंगटा लाग्ने र बान्ता हुने भएका डेङ्गु संक्रमणका लक्षण हुने जानकारी दिए ।
यस्ता लक्षण देखिनासाथ तत्कालै अस्पताल जान उनले सुझाव दिए । लामखुट्टेको टोकाइबाट जोगिनु डेङ्गुबाट बच्ने सर्वाेत्तम उपाय भएको उनले बताए ।
आफ्नो वरिपरि लामखुट्टेले बासस्थान बनाउन नपाओस् भनेर सरसफाइ गर्ने, पानी जम्न नदिने र झाडीहरू भए फाँड्ने गर्नुपर्नेमा उनले जोड दिए ।
सहरी स्वास्थ्य केन्द्र पोखरा-५ का अध्यक्ष एवं सदस्य कल्पना क्षत्रीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन वडासचिव लक्ष्मण शर्माले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution