लमजुङ । लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ ।
आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका-१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।
प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासि ढलेर किच्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।
पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।
प्रहरी निरीक्षक चपाईंका अनुसार शव परीक्षण गर्न बेंसीसहर नगरपालिका-८ स्थित जिल्ला अस्पताल ल्याइँदै छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution