मुगु । विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको छ । छायाँनाथ रारा नगरपालिका-२ चैनगाउँमा रहेको छायाँनाथ मन्दिरमा रहेका शिवजीको गाथ (मूर्ति) पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ धामतिर लगेपछि छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको हो।
हरेक वर्ष श्रावणशुक्लपक्ष अष्टमी तिथिका दिन प्रशिद्ध देवता छायाँनाथ मन्दिरमा छायाँनाथ ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा लगिएसँगै छायाँनाथ धाम तीर्थ यात्रा सुरु भएको मानिन्छ ।
सोमबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनका लागि मुगुलगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटीलगायतका धामी झाँक्रीसहित तीर्थालु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।
जनैपूर्णिमामा छायाँनाथमा पाँच दिनसम्म पूजापाठ, होम ब्रत हुने गर्दछ भने बरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी सनतकुमार हमालले बताए ।
महादेवले सतिदेवीको शवलाई घुमाउँदै लैजाने क्रममा छायानाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायाँनाथमा पतन भएकाले विश्वका चार धाममध्ये छायाँनाथलाई जेठो धामका रुपमा मानेर देशभरिका हिन्दू धर्मावलम्वीले साउनशुक्लपूर्णिमाका बेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पूरा हुने विश्वासले छायाँनाथ दर्शन गर्न पुग्ने गरेको पुजारी हमालको भनाइ छ ।
छायाँनाथ जाने तीर्थालुले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही नयाँ धामी बनेर आउने गरेका छन् भने कोही देवतालाई शुद्धी गर्ने, घण्ट, माला पवित्र बनाउन जाने गरेका छन् ।
हिन्दू धर्मावलम्बीको पवित्र चार धाममध्ये छायाँनाथधाम सबैभन्दा उच्च स्थानमा छ । आज मंगलबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल रिणिमोक्क्षधाममा ३३ कोटी देवता र अप्सराका गाथ (मूर्ति) लिएर तीर्थालु जाने भएका छन् । त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution