पोखरा चेम्बर अफ कमर्सका सदस्य र परिवारले मणिपालमा उपचार गर्दा छुट पाउने

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीका सदस्य र सदस्यका परिवारले मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन् । चेम्बर र अस्पतालबीच साेमबार सम्झौता भएसँगै चेम्बरका सदस्य तथा परिवारले छुट पाउने भएका हुन् ।

सम्झौताअनुसार टिकट र चिकित्सकको परामर्श निःशुल्क हुनेछ भने सामान्य बेडमा २५ प्रतिशत छुट पाइनेछ ।

यसैगरी नियमित जाँचमा १५, न्यूरोसर्जरी तथा अतिविशिष्ट सेवाबाहेक शल्यक्रियामा १० र विशेष अनुसन्धानमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

सम्झौतामापत्रमा चेम्बरका तर्फबाट अध्यक्ष उमराज बास्तोला र अस्पतालकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् ।

उपचारमा छुट पाउनका लागि चेम्बरको नामावली, परिचयपत्र र निवेदन अनिवार्य हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता गर्दा चेम्बरका तर्फबाट उपाध्यक्ष नवराज आचार्य, महासचिव गोकर्ण अधिकारी, सचिव एवं सूचना विभाग प्रमुख सीमा कोइराला, सचिव सरिता सुवेदी, सहकोषाध्यक्ष बोधराज सुवेदीका साथै अस्पतालका तर्फबाट कृष्णमोहन श्रेष्ठलगायत सहभागी थिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले कही दिन अघि पोखरास्थित फिस्टेल ड्रिम पार्कसँग पनि छुटसम्बन्धी सम्झौता गरेको हो ।

यस्तो छ सम्झौतापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button