कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

  • पोखरा न्यूज
  • २०८१ श्रावण २९
कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

घिसिङले आफ्नो दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै पूर्व डीआईजी रमेश खरेलले मंगलबार अख्तियारमा उजुरी दिएको बताए ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युतको पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गरेको जिकिर गरेका छन् ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग (पीपीए) गर्दा कानून मिचेको खरेलले जिकिर गरेका छन् ।

त्यसक्रममा राज्यलाई एक करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् ।

उनले प्रणामसहित अख्तियारमा निवेदन दिएकोसमेत उल्लेख गर्दै प्रमाणसमेत राखेका छन् ।

यसअघि कुलमानले विद्धुत प्राधिकरणलाई नाफामा पुर्याएको भनेर पत्रकार सम्मेलन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस