‘पर्यटन विकासमा हाइकिङ महत्वपूर्ण’

  • पोखरा न्यूज
  • २०८१ श्रावण ३०
‘पर्यटन विकासमा हाइकिङ महत्वपूर्ण’

पोखरा । हाइकिङको ५०औँ श्रृङ्खला सम्पन्न भएको छ । यस पटक पोखरा-२३ काे बाम्दीदेखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरिएको थियो ।

हाइकर्स क्लब नेपालले पोखरा-२३ को सहकार्यमा पदयात्रा भएको हो । हाइकिङका क्रममा ‘पर्यटन विकासमा हाइकिङ’ को योगदानको चर्चा परिचर्चा गरिएको थियो ।

पोखरा-२३ का वडाध्यक्ष रामकाजी गुरुङले पर्यटन र स्वास्थ्यका लागि हाइकिङ महत्वपूर्ण हुने बताए ।

हाइकिङले आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान गर्ने भन्दै उनले पोखरा-२३ मा हाइकिङ समूह आउँदा यहाँका वासिन्दामा हौसला बढ्ने, उत्पादित कृषि तथा पशुको खपत बढ्ने बताए ।

उनले पोखरा-२३ वडा सबैभन्दा ठूलो भौगोलिक क्षेत्र भएको, स्याङ्जा र पर्वत जिल्लासँग सिमाना गाँसिएको र पञ्चासे संरक्षित क्षेत्रमा पर्ने भएकोले पयर्टकको रोजाइमा पर्दै गएको दावी गरे ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं भिटोफ गण्डकीका संस्थापक अध्यक्ष पर्यटन व्यवसायी तारानाथ पहारीले फाट्टफुट्ट आकलझुकल हाइकिङ हुने गरको भएता निरन्तरको हाइकिङले अभियानको रुप लिएको बताए ।

सो अवसरमा ओम भण्डारी, शीतला थापा, ममता पराजुली, दिलकुमारी खाँणलगायतले हाइकिङमा सहभागी हुँदा एकापसमा परिचित हुनुका साथै ग्रामिण वस्ती, खेतीपाती, जडिबुटीको अध्ययन गर्न सकिने बताए ।

हाइकर्स क्लब अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्योती हमालले र सञ्चालन सचिव मधु अधिकारीले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस