पोखरा । गीताञ्जली साहित्य रत्न पुरस्कारबाट यस वर्ष पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक लघु कथाकार कल्याण पन्त पुरस्कृत हुने भएका छन् । गीताञ्जली साहित्य परिवार पोखराले सञ्चालन गर्दै आएको यो पुरस्कार यस पटक पन्तलाई प्रदान गरिने भएको हो ।
यस पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा.जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मी पुरस्कृत भइसकेका छन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ नगद रहेको छ ।
यसैगरी यस वर्षको रुना साहित्य पुरस्कार असफल गौतमलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ नगद रहेको छ । उक्त पुरस्कारबाट यसअघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भइसकेका छन् ।
यस्तै, यसवर्षको तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार इडिभा खतिवडालाई प्रदान गरिने परिवारका अध्यक्ष भानु भण्डारी ‘क्षितिज’ ले जानकारी दिए ।
प्रा.डा. जगन्नाथ रेग्मी संयोजक, अक्षयकोष दाता मुक्तकमणि तीर्थराज अधिकारी र संस्थाका अध्यक्ष भानु भण्डारी ‘क्षितिज’ सदस्य रहेको समितिले तीन श्रष्टालाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।
तीन श्रष्टालाई भाद्र १ गते पुरस्कृत गरिने भएको छ । सोही अवसरमा मुक्तकमणि तीर्थराज अधिकारीद्वारा रचित ‘सारवत’ विमोचनसमेत गरिने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution