पोखरा । पर्यटकीय राजधानी पोखरामा संघीय पर्यटनमन्त्रीसहित सात वटै प्रदेशका पर्यटनमन्त्रीको सहभागितामा सम्मेलन हुने भएको छ । पोखरा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको हो ।
यसका लागि छिट्टै मिति घोषणा गरेर तयारी अघि बढाइने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभस एजेन्टस् (नाट्टा) गण्डकीको २९औँ साधारणसभा तथा १३औँ अधिवेशन उद्घाटन गर्दै यस्तो जानकारी गराएका हुन् ।
पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले पर्यटनसम्बद्ध संघसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानूनीलगायत समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
पर्यटन राजधानी घोषणाले पोखराको पर्यटन ‘ब्राण्डिङ’ भएको तर्क गर्दै मुख्यमन्त्री पाण्डेले यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सरकारले प्रदेशमा खेल पर्यटनको विकाससँगै धार्मिक पर्यटन विकासमा समेत जोड दिइएको स्पष्ट पार्दै उनले मनाङ र मुस्ताङमा ‘हाई अल्टिच्युड’ खेल मैदान निर्माण गर्न लागिएको जानकारी दिए ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु आवश्यक रहेको बताए ।
नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए ।
पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुपर्नेमा उनले जोड दिए ।
नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन स्वदेश तथा विदेशमा गर्न नाट्टा सक्रिय रहेको स्पष्ट पारे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट नै सम्भव भएको स्पष्ट पारे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution