सिन्धुली । सिन्धुलीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ६ का पृथ्वी भुजेल र उदय मगर छन् ।
दुर्घटनामा परी पाँच जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिए ।
एसपी काफ्लेका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते दुई जनाको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमाडी खुर्कोटखण्डअन्तर्गत कमलामाई-२ चियाबारी नजिकै बा२०च ८२८३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यद्यपि तीव्र गतिका कारण जीप अनियन्त्रित भई सडकमै पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution