पोखरा । पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मानबापत प्राप्त गरेको रकममा उत्तिनै रकम थप गरी विद्यालयलाई सहयोग गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर निवासी भट्टराईले जर्ज जोन शिक्षा प्रतिष्ठानबाट सम्मानित हुँदा प्राप्त गरेको नगद १० हजारमा, १० हजार थप गरी नगद २० हजार रुपैयाँ स्थानीय विन्ध्यवासिनी माविलाई सहयोग गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका भट्टराईले विद्यालयको शैक्षिक विकासका लागि बिहीबार सो रकम विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र सहायक प्रधानाध्यापक रामबहादुर बानियाँलाई हस्तान्तरण गरे ।
कार्यक्रममा भट्टराईले विद्यालय राष्ट्रिय स्तरको नमुना विद्यालयको रूपमा चिनिएकोमा खुसी लागेको बताए । सहयोग सानो भएपनि यसले महत्व निकै उनले उनले स्पष्ट पारे ।
प्रधानाध्यापक आर्चायले भट्टराईबाट विद्यालयका हरेक गतिविधिमा सहयोग हुँदै आएको भन्दै भट्टराईको सम्मानले विद्यालयको पनि गौरव बढेको स्पष्ट पारे ।
सहायक प्रधानाध्यापक बानियाँले भट्टराईमा अन्तर्निहीत, उदारमना एवं परोपकारी भावनाको उच्च मूल्यांकन हुनुपर्ने बताए ।
भट्टराई जर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा शिक्षा सेवीको रूपमा सम्मानित भएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution