पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेसन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसरको कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षरोपण गरेको छ ।
क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समिति अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रक्ट ३२५ ‘आई’ गभर्नर विनोद ढुंगानाले चौतारा हस्तान्तरण गरे ।
सो अवसरमा उनले क्लबले नाम अनुसारको काम गरेको बताए । घुम्न आउने पर्यटकलाई विश्राम गर्न चौतारा महत्वपूर्ण हुने उनले दावी गरे ।
क्लबले निकै मेहनतका साथ वृक्षरोपण गरी विरुवालाई हुर्काउन र संरक्षणका लागिसमेत बारको व्यवस्था गरेकोमा उनले खुसी प्रकट गरे ।
कोमागाने पार्क व्यवस्थापन समिति अध्यक्ष अधिकारीले चौतारा निर्माणसँगै व्यवस्थित रुपमा गुल्महरका विरुवा रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद व्यक्त गरे ।
क्लबका सूर्य पोख्रेलको संयोजकत्वमा भएको कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको थियो भने विरुवा संरक्षणका लागि बासको बार लगाइएको थियो ।
सो अवसरमा कोमागाने पार्क व्यवस्थापन समितिका सदस्य हेमराज पहारी, जोन चियर पर्सन मात्रिका पौडेल, रिजन चियर पर्सन कृष्णकुमार श्रेष्ठ, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिस्ट्रिक्ट कोडिनेटर प्रेम दाहाल, वातावरण प्रमुख डासीराम सापकोटालगायत सहभागी थिए ।
क्लब अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष रावत तामाङ गोम्जाले स्वागत र कार्यक्रम सञ्चालन क्लब सचिव मुकेश अर्यालले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution