पोखरा । सातौँ संस्करणको मिस मगर नेपाल-२०२४ का लागि ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् । प्रतियाेगितामा २० जना सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
टिम संयोजक प्रियंका गर्बुजा मगरका अनुसार फाइनल चरणमा रामेछापकी दिपिका आले मगर, कृष्टिना पुन मगर र सरिता थापामगर, म्याग्दीकी आशिका गर्बुजा मगर र नरिशा पुन मगर, बागलुङकी अनुजा पुन मगर, स्याङ्जाकी माया दर्लामी मगर, महोत्तरीकी रश्मी आले मगर र जानकी राजकोटी मगर, रोल्पाकी अस्मिता बुढा मगर र काठमाडौँकी जेरुशा सारु मगर प्रवेश गरेका छन् ।
हाल फाइनल प्रवेश गरेका प्रतिस्पर्धीलाई विभिन्न तालिम प्रदान गरिरहेको छ । जसमा मगर मातृभाषा, कला, संस्कृति बारे प्रशिक्षण भइरहेको छ ।
कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले प्रतियोगीलाई भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगीलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास, भेषभूषा, कला र संस्कृतिलगायतका तालिम प्रदान गरिएको छ ।
एसटी क्रियसन म्यानेजमेन्टद्वारा आयोजित मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते पोखरामा हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution