|प्रतीकात्मक तस्बिर
पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच र डिजल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६२, डिजल र मट्टीतेल एक सय ५२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६४, डिजल तथा मट्टीतेल एक सय ५४ रुपैयाँ कायम भएको छ ।
पोखरा, काठमाडौँ र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६५ रुपैयाँ र डिजल तथा मट्टीतेल एक सय ५५ रुपैयाँ कायम भएको निगमद्वारा जारी सूचनामा उल्लेख छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution