|फाइल तस्बिर
डोटी । दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान सिलगढीस्थित रेडियो नेपाल नजिक केआइसिंह राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।
वस्ती भएको ठाउँमा खसको बसले दुइवटा घरमा क्षति पुर्याएको छ भने दुई जना स्थानीय घाइते भएको डिएसपी भट्टराइले जानकारी दिए।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution