पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा नं. ७ को वडा कमिटीको बैठक बिहीबार सम्पन्न भएको छ ।
बैठकले हिन्दू नेपाली महिलाको महान पर्व तीजमा दिदीबहिनीलाई दर खुवाउने निर्णय गरेको वडाध्यक्ष किशोर बरालले जानकारी दिए । कार्यक्रम भदौ १६ गते हुनेछ ।
साथै बैठकले पार्टीको केन्द्रीय कमिटीको निर्देशन बमोजिम साउन मसान्त भित्रमा कुल सदस्यको अध्यावधिक गराउने निर्णय गरेको छ ।
बैठकमा पार्टीको विभिन्न तहमा निर्वाचित र मनोनित सदस्यलाई बधाई ज्ञापन गरेको अध्यक्ष बरालले बताए ।
बैठक पार्टीका वडा कमिटी अध्यक्ष बरालको अध्यक्षतामा बसेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution