पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले वडाका दुई सामुदायिक विद्यालय धर्मस्थली आधारभूत विद्यालय र बाराही माविलाई सेनिटरी प्याड वितरण गरेको छ ।
वडाले निःशुल्करुपमा सेनेटरी प्याड उपलब्ध गराएको वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।
छात्राहरु महिनावारी भएका बेला विद्यालय नआउने र विभिन्न बाहना बनाएर घरमै बस्ने गरेको पाइएकोले सेनिटरी प्याड सहयोग गरिएको उनले बताए ।
‘विद्यालयमै प्याड उपलब्ध हुने भएपछि विद्यार्थी नियमित विद्यालय आउँछन्, यसले उनीहरुको पढाइमा समेत असर पर्दैन’, वडाध्यक्ष बरालले भने ।
वडासदस्य तथा पोखरा महानगरपालिकाकी कार्यापालिका सदस्य हरिमाया विश्वकर्माले सामुदायिक विद्यालयप्रति वडा कार्यालय झन् बढी जिम्मेवारी हुनुपर्ने र विद्यालयमा अध्ययनरत छात्राको स्वास्थ्यलाई ध्यान दिदै सेनिटरी प्याड वितरण गरेको बताइन् ।
धर्मस्थली आधारभूत विद्यालयकी प्रधानाध्यापक वदनकुमारी शर्माले वडा कार्यालयको सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगले किशोरीको स्वास्थ्यमा राहत मिल्ने बताइन् ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अस्पताल नर्सिङ्ग निरीक्षक सविना श्रेष्ठले महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी गराएकी थिइन् ।
नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेमबहादुर भुजेलले वडा कार्यालयले विद्यार्थीको स्वास्थ्यप्रति सकारात्मक सोँच राखेर यस्ता कार्य गर्नु निकै प्रशंसनीय भएको बताए ।
सहरी स्वास्थ्य केन्द्र पोखरा -५ का गतिविधि र सेवा प्रवाहबारे केन्द्र प्रमुख गणेश खड्काले जानकारी गराएका थिए
वडासदस्य कल्पना क्षत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडासचिव लक्ष्मण शर्माले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution