भलिबल खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने सरकारको निर्णय

  • पोखरा न्यूज
  • २०८१ श्रावण ३२
भलिबल खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने सरकारको निर्णय

पाेखरा। सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भलिबल खेलाडीलाई  उक्त रकम दिने निर्णय गरेको हो।

प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा महिला राष्ट्रिय भलिबल लिगमा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही तीन लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

साउन १७ गते देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो।

यस्तै सेमिफानलमा इरानलाई पराजित गरी फानल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस