जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका-९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका-३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ ।
आज दिउँसो नुहाउन गएकी दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयले निकालेका थिए ।
दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution