नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा

पोखरा । नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेलाका लागि अध्यक्ष र सचिव स्तरीय बृहत् छलफल हुने भएको छ ।

कार्यक्रम आइतबार पोखरामा हुने भएको हो । नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा हुने कार्यक्रम नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेश कमिटीले संयोजन गरेको हो ।

नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ छन् भने वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ, उपाध्यक्षमा शम्भु शाही, महिला उपाध्यक्षमा भावना कार्की, उपाध्यक्ष ज्ञानबहादुर महर्जन, महासचिवमा नृपध्वज खत्री, सचिवमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा शारदा सोती शर्मा, सह–सचिवमा रवि राना मगर, सह कोषाध्यक्षमा केशव कोइराला छन् ।

यस्तै, अन्य बोर्ड सदस्यमा प्रमिला कार्की ढकाल, बुद्ध लामा, सृजना श्रेष्ठ तथा सिर्जना राजबहाक, भोगेन्द्र मानन्धर, संगीता खड्की, महेन्द्र निरौला,देबेन्द्र कुँवर,मोहन तौजले छन् ।

भेलामा कोशी, बाग्मती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशबाट अध्यक्ष र सचिवको उपस्थिति रहने छ । साथै प्रदेशअन्तर्गतका जिल्ला, नगर र गाउँपालिकाका अध्यक्ष र सचिवको पनि उपस्थिति रहने संघका सचिव तथा प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button