स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सालका अवैध काठ नियन्त्रणमा लिएको छ ।
बिहीबार राति ८ः३० बजे प्रहरी चौकी बिर्घाबाट खटिएको टोलीले कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मीस्थित आँधीमुहान भित्री सडक खण्डबाट सो काठ नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
रूखापानीबाट मिर्मीतर्फ आउँदै गरेको लु४त ६५६५ नम्बरको ट्याक्टर चेकजाँच गर्नेक्रममा सालको चिरान काठ थान सात थान, १५ दशमलव ६ क्यू फिट फेला पारी ट्याक्टरसहित नियन्त्रणमा लिइएको श्रेष्ठले बताए ।
काठ र ट्याक्टरसहित चालकलाई आवश्यक कारवाहीका लागि शुक्रबार सवडिभिजन वन कार्यालय गल्याङमा बुझाइएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution