पोखरा । गण्डकीमा प्रदेशस्तरीय महिला उद्यमीको सामुदायिक अभ्यास सञ्जाल (सीओपी नेटवर्क) गठन गरिएको छ ।
पोखरामा आयोजित पोखरा महानगर, माछापुच्छ्रे गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका महिला उद्यमीको संयुक्त भेलाले सञ्जाल गठन गरेकोे हो ।
सञ्जालको संयोजकमा उर्मीला विक, उप संयोजकमा रेवती सारु, सचिवमा तुलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र पुष्पा गुरुङ छन् ।
सञ्जालले स्थानीय, प्रदेशस्तरमा समन्वय गरि उद्यमी महिलाको हकहितमा वकालत गर्ने वुमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए ।
वुमन एक्टले बाग्मती, गण्डकी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।
भेलामा वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम समेत गरेको थियो ।
नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न शुक्रबार अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले महिलालाई उद्यमी बनाउनतर्फ अबको बाटो हुनुपर्ने बताए । उनले कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभूमिबाट आएकै कारण उद्यमीको समस्या बुझ्ने बताए ।
वुमन एक्टकी कार्यकारी अध्यक्ष सिर्जना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिँदा सरकारबाट प्राप्त हुनसक्ने आर्थिक सहयोग, कार्यक्रम, सूचनाबाट वन्चित भइरहेको सुनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनले बताइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution