बाजुरा । सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ ।
अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका-५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
आइतबार बडिमालिकामा लाग्ने मेला भर्नका लागि जाँदै गरेकी खड्कालाई लेक लागेर अक्सिजनको कमी भएर बिरामी परेपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खड्का बडिमालिका जाने क्रममा त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution