अनुया तामाङले जितिन् द भ्वाइस किड्सको उपाधि

  • पोखरा न्यूज
  • २०८१ भाद्र १
अनुया तामाङले जितिन् द भ्वाइस किड्सको उपाधि

पोखरा । द भ्वाइस किड्स सिजन-३ को उपाधि अनुया तामाङले जितेकी छन् ।

उपाधिसँगै उनले ट्रफी र १० लाख रुपैयाँ नगद पुरस्कार हाल पारेकी छन् ।

तामाङ नेपाली भाषी भुटानी समुदायकी प्रतिनिधित्व गर्दै अमेरिकादेखि द भ्वाइस किड्समा आएकी थिइन् ।

विजेता तामाङ प्रमोद खरेलको टिमबाट फाइनलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

योसँगै द भ्वाइस किड्सको तीन वटै सिजन खरेलकै पोल्टामा परेको छ ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए ।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।

तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए ।

दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस