|प्रतीकात्मक तस्बिर
रुस । रुसमा आज बिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएसँगै ज्वालामुखी विस्फोट भएको छ ।
पूर्वी तट नजिकै ज्वालामुखी विस्फोट भएको रुसी सञ्चारमाध्यमको खबर उदृत गर्दै सिएनएनले जनाएको छ ।
भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताइएको छ ।
सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक-कामचाट्स्कीभन्दा दुई सय ८० माइल टाढा रहेको सिएनएनले उल्लेख गरेको छ ।
ज्वालामुखी विस्फोटपछि खरानी आठ किलोमिटरमाथिसम्म पुगेको थियो ।
ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको छ ।
भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक-कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution