पोखरा । लगातार वृद्धि भएको अण्डाको मूल्य अब केही घट्ने भएको छ ।
सोमबारदेखि नयाँ मूल्य लागू हुने गरी प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।
यसअघि एक्सएल साइजको अन्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० रुपैयाँ थियो । मूल्य घटाइएसँगै अब पाँच सय रुपैयाँ पर्ने भएको छ ।
यस्तै पाँच सय १० रुपैयाँ पर्ने ठूलो अण्डाको मूल्य अब चार सय ८५ रुपैयाँ र मिडियम अण्डाको मूल्य चार सय ९० रुपैयाँबाट घटाएर चार सय १४ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार अण्डा उत्पादक किसानले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण गरिएको हो ।
अण्डाको खुद्रा मूल्य भने प्रतिगोटा २० रुपैयाँ नै पर्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution