पोखरा । पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीको सरुवा गरेको विषय विवादित बनेको छ । कर्मचारीको सरुवा मनोमानी ढंगले गरिएको भन्दै यसका विषयमा टिकाटिप्पणी भइरहेको छ ।
यस्ता टिकाटिप्पणी र भ्रामक प्रचार भएको भन्दै पोखरा महानगरपालिकाले आपत्ति जनाएको छ । महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले विज्ञप्ति प्रकाशित गरी यस विषयमा महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाए ।
‘आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले महानगरमा कार्यरत ४२ जना कर्मचारीको पहिलो चरणको आन्तरिक सरुवा गरेको छ । कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया हो’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार तथा टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीतप्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीको पोखरा महानगरपालिका खण्डन गर्दछ । आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीमाथि कुनै पनि प्रकारको भेद्भाव र दूराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution