करेन्ट लागेर २३ वर्षीय युवकको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ भाद्र ३
करेन्ट लागेर २३ वर्षीय युवकको मृत्यु

रूपन्देही । रुपन्देहीमा करेन्ट लागेर आइतबार एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बाँकेको राप्ती सेनारी गाउँपालिका वडा नं. ५ घर भएका २३ वर्षीय माने सार्की रहेका छन् ।

उनी रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ अमुवास्थित एमबीजी कन्ट्रक्सनमा कार्यरत थिए । बिजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर साने गम्भीर घाइते भएका थिए ।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस