क्वाँटी किन खाने ?

  • पोखरा न्यूज
  • २०८१ भाद्र ३
क्वाँटी किन खाने ?

पाेखरा । आज जनैपूर्णिमा पर्व । यस दिनको विशेष खान्की हो, क्वाँटी । परापूर्व कालदेखि नै जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।

क्वाँटीमा नौ थरी गेडागुडीको मिश्रण हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यता अनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको रातमा क्वाँटी खाने चलन छ ।

अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो । वर्षाको मौसममा खेती किसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व छ ।

खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त ऊर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात् प्रोटिनले गर्छ ।

प्रोटिनले मांसपेशीलाई स्वास्थ्य राख्ने काम पनि गर्छ । खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।

क्वाँटीका फाइदा

कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।

-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एक पटक सल्लाह लिन आवश्यक छ ।

-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

-तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

-यो सजिलै पाच्य हुन्छ।

-पेटमा अनावश्यक वायु बनाउँदैन ।

-क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

-रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

-रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।

-क्वाँटीको नियमित सेवनले स्मरण शक्ति पनि बढ्छ ।

-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।

-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा सङ्क्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

-पाचनशक्तिमा सुधार ल्याउँछ ।

-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस