पोखरा-१५ स्थित भगवतीटार आमा समूहको अध्यक्षमा कुमारी गुरुङ निर्वाचित

  • पोखरा न्यूज
  • २०८१ भाद्र ४
पोखरा-१५ स्थित भगवतीटार आमा समूहको अध्यक्षमा कुमारी गुरुङ निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारीस्थित भगवतीटार आमा समूहको अध्यक्षमा कुमारी गुरुङ निर्वाचित भएकी छन् ।

समूहको छैटौँ साधारणसभा तथा तेस्रो अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघिको कार्यकालमा सचिवको भूमिकामा थिइन् ।

समूहको उपाध्यक्षमा कान्ति गुरुङ, सचिवमा सीता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ छन् । यस्तै, कार्यसमिति सदस्यमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ छन् ।

अधिवेशन उद्घाटन गर्दै पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आमा समूहले गरेका सामाजिक कार्यको प्रशंसा गरे । उनले वडाबाट र व्यक्तिगत सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।

कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीका संरक्षक आशबहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा-१५ का सभापति सुशील पराजुली, राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम लामिछाने, भूमि अधिकार तथा श्रमिक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टेकबहादुर पुन, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सहारा क्लबका उपाध्यक्ष पूर्णबहादुर गुरुङ, रिभर साइट युवा क्लब अध्यक्ष नारायण भण्डारी, समूहकी संस्थापक अध्यक्ष भीमकुमारी गुरुङ, सेतीगंगा आमा समूहकी अध्यक्ष रमा रानाभाटलगायतले बोलेका थिए ।

समूहकी अध्यक्ष शशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष र सञ्चालन सचिव कुमारी गुरुङले गरेकी थिइन् । सो अवसरमा सचिव गुरुङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समाजसेवी लिला लामिछाने, भलिबल प्रशिक्षकद्वय ठाकुरप्रसाद गुरुङ र रामबहादुर थापा, एसईई उत्तीर्ण विद्यार्थी अञ्जिला गुरुङ, महेश गुरुङ र वासिकल गुरुङलाईसम्मान गरिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस