पोखरा । पोखराबाट प्रशारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
टेलिभिजनमा नियमितरुपमा पब्लिक लाइभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौ ७ देखि तीज विशेष कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रम हरेक दिउँसो २ बजेको समाचारपछि तीज विशेष लाइभ दोहोरी तथा मौलिक तिजे भाका प्रसारण हुनेछ । सोही कार्यक्रमको पुनः प्रसारण राति ९ बजेपछि हुने छ ।
अश्लिल र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाका पस्कन तीज विशेष कार्यक्रम आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए ।
कार्यक्रम ऋषिपञ्चमीसम्म सञ्चालन हुनेछ । त्यसपछि भने हरेक हप्ता पब्लिक लाइभ दोहोरीसमेत सञ्चालन हुने प्रबन्ध निर्देशक क्षेत्रीले बताए ।
‘तीज भाका पर्व गीत हुन् । पर्व गीतको मौलिकता जोगाउन आमा दिदिबहिनीका गीत स्टुडियोमा रेकर्ड गरिने दैनिक प्रसारण गरिनेछ,’ उनले भने, ‘परम्परागन लोक भाकालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।’
तीज गीतको नाममा विकृति मौलाएको बेला पब्लिक टेलिभिजनले मौलिक तीज गीतलाई प्राथमिकता दिनु महत्वपूर्ण भएको वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले बताइन् ।
कार्यक्रममा हरिदेवी कोइराला, पार्वती जिसी, मामा गुरुङ, सरिता सारु, मञ्जु विक, सरस्वती लामिछाने, सीमा सारुमगर, कमला सुनार, जीवन दाहाल, रामजी पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, अनिल चापागाईं, नेत्र खड्काले प्रस्तुति दिनेछन्। बागलुङबाट सरस्वती खड्का र अञ्जु जिसीले आआफ्नो प्रस्तुति पस्किने छन् ।
यस अवसरमा बाटुलेचौरका गन्धर्व आमा समूहले परापूर्वककालदेखि गाउँदै आएका परम्परागत गीतसमेत प्रस्तुत हुने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution