पोखरा । अधिकृत विक्रेता संघ पोखरा (ड्याप) का अध्यक्ष मनोजकुमार श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघको आशन्न ३५औँ महाधिवेशनको चुनावी मैदानमा उत्रिएका छन् ।
उनी अध्यक्ष पदका उम्मेद्वार अर्जुन पोखरेलको समूहबाट कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन् । उम्मेद्वारी घोषणासँगै पोखरामा चुनावी रन्को सुरु भइसकेको छ ।
उनीसहित उनी आवद्ध समूहले चुनाव प्रचार अभियानअन्तर्गत उद्योगी, व्यवसायी भेटघाटलाई तीव्रता दिएको छ ।
श्रेष्ठ पोउवासंघका वर्तमान कार्यसमिति सदस्य हुन् । उनले विभिन्न संघसंस्थाको नेतृत्व बहन गरिसकेका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) मा रहेर पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
श्रेष्ठ पोखराका सफल र अनुभवी व्यवसायी हुन् । व्यवसायमा उनको साढे दुई दशक लामो अनुभव छ । ‘उहाँ जे गर्नुहुन्छ इमान्दारीतापूर्वक अन्तिम किनारा नलाग्दासम्म त्यो काममा लागिरहनुहुन्छ, उहाँ कहिल्यै थाक्नुहुन्न’, श्रेष्ठलाई नजिकबाट चिन्ने एक पुराना उद्योगी भन्छन् ।
उद्योग, व्यवसायमा नयाँ पुस्ता आउनुपर्नेमा श्रेष्ठको जोड छ । श्रेष्ठले भने, ‘नयाँ र युवा पुस्तालाई बाहिर पठाएर मुलुकको समृद्धि खोज्नु उल्टो हुनेछ, त्यसैले रोजगार दिएर हुन्छ कि, व्यापार गर्न दिएर हुन्छ कि या उद्योग खोल्न दिएर हुन्छ युवालाई स्वदेशमै राख्नुपर्छ ।’ उनले थपे, ‘यसका लागि राज्य तयार हुनुपर्छ, यसमा निजी क्षेत्रले दवाव दिनुपर्छ ।’
महाभूकम्प, कोराना महामारीका साथै आर्थिक मन्दीका कारण प्रताडित बनेका उद्योगी व्यवसायीलाई सहज वातावरण सृजना गर्न आवश्यक रहेको उनले स्पष्ट पारे । यसका लागि आफूले इमान्दारितापूर्वक प्रयास गर्ने उनको प्रतिवद्धता छ ।
उनले कोषाध्यक्षमा उम्मेद्वारी घोषणा गरेसँगै पोउवासंघमा धेरै सुधार हुने अपेक्षा उद्योगी व्यवसायीले गरेका छन् ।
श्रेष्ठ आवद्ध समूहको नेतृत्व संघकै पूर्व महासचिव अर्जुन पोखरेलले गरेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) मा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) मा बलराम आचार्य, महासचिवमा शोभा गौतम र उपमहासचिवमा बालकृष्ण कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् । संघको ३५औँ महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution