पोखरा । पोखरामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ घर भई हाल पोखरा-१८ सेदी बस्दै आएका ४० वर्षीय वीरबहादुर तमाङ र पोखरा-१२ भृकुटीटोल बस्दै आएका भारतीय नागरिक ४६ वर्षीय शिवकुमार बानियाँ छन् ।
लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा तमाङलाई पोखरा-८ सिमलचौर र बानियाँलाई पोखरा-१२ भृकुटीटोलबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङको साथबाट लागूऔषध बुप्रिनर्फिन पाँच, डाइजापाम पाँच र फेनरागन पाँच एम्पुल गरी जम्मा १५ एम्पुलका साथै नाइट्रोभ्याट १० लेखेको ट्याव्लेट २० चक्की बरामद भएको छ ।
यस्तै बानियाँको साथबाट औषध बुप्रिनर्फिन तीन सय ५३, डाइजापाम तीन सय ५९ र फेनरागन तीन सय ४५ एम्पुल गरी जम्मा एक हजार ५७ एम्पुलका साथै नाइट्रोभ्याट-१० लेखेको ट्याव्लेट एक हजार ७० चक्की र नुर्फिन लेखेको स्टिकर एक सय ७४ थान बरामद भएको छ ।
पक्राउ परेका दुवै जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिनकाे म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution