कास्कीका तिलक प्रकृति मानव केन्द्रित जनअभियानकाे अध्यक्ष चयन

  • पोखरा न्यूज
  • २०८१ भाद्र ५
कास्कीका तिलक प्रकृति मानव केन्द्रित जनअभियानकाे अध्यक्ष चयन

पोखरा । प्रकृति मानव केन्द्रित जनअभियान नेपालको गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तिलकप्रसाद पुन पूर्जा चयन भएका छन् । जनअभियानको प्रथम गण्डकी स्तरीय भेलाले पुनलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पर्वतका विष्णु लामिछाने, सचिवमा पर्वतका आरके अदिप्त गिरी, कोषाध्यक्षमा स्याङ्जाका मनरुपा थापा छन् ।

यसैगरी समिति सदस्यमा नवलपुरका लोकप्रसाद भुर्तेल र विदुर खरेल, म्याग्दीका श्याम राना र राजेन्द्र राना, कास्कीका शिवबहादुर बराल, पदमकिरण राना, बलराम सिग्देल, ममता गुरुङ र ठाकुर गिरी छन् ।

तनहुँका अनुप प्रकाश पौडेल, पर्वतका भवराज शर्मा, लमजुङका कमला श्रेष्ठ र स्याङ्जाका कृष्णप्रसाद बस्याल पनि सदस्यमा चयन भएका छन् ।

संस्थाका केन्द्रीय पूर्वअध्यक्ष सन्तबहादुर घिसिङको अध्यक्षतामा प्रदेश स्तरीय भेला तथा समिति चयन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका पूर्वकेन्द्रिय अध्यक्ष उत्तम कँडेल, पूर्वमहासचिव शिवराज आचार्य, केन्द्रीय उपाध्यक्ष बिन्दुराज सापकोटा, पूर्व केन्द्रीय सचिव सारदा केसीलगायतले अभियानको औचित्य बारे प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन तिलक प्रसाद पुन पूर्जाले गरेका थिए । सन् २००२ देखि सुरु भएको अभियान हाल नेपालका ५० जिल्लामा विस्तार भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस