गोसाइँकुण्ड गएका पोखराका तिवारीसहित दुई तीर्थयात्री लडेर घाइते

  • पोखरा न्यूज
  • २०८१ भाद्र ५
गोसाइँकुण्ड गएका पोखराका तिवारीसहित दुई तीर्थयात्री लडेर घाइते

रसुवा । गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् ।

रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षीय विपीन बर्ताेवाल र पोखरा निवासी ६२ वर्षीय हरिबहादुर तिवारी छन् ।

उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।

गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरु घाइते भएका थिए ।

जनैपूर्णिमा मेलामा गोसाइँकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमि आए पनि चार जनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पुर्याएका थिए ।

उद्वारका लागि ठाउँ-ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस