नागढुंगा नजिकै पहिरो झरेपछि पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

  • पोखरा न्यूज
  • २०८१ भाद्र ५
नागढुंगा नजिकै पहिरो झरेपछि पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

आज बिहान १० बजेदेखि ढुंगा, माटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं–नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।

पहिरो पन्छाउन दुईतर्फी डोजर तयार रहे पनि पहिरो खसिरहेको हुनाले काम भने शुरु भएको छैन ।

उनले भने, ‘ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेछ।’

अहिले सवारीसाधन सञ्चालन ठप्प भएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस