पोखरा । होटल प्रतिनिधि समाज पोखरा कास्कीले स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले कार्यक्रम संयोजक वामन चौधरी (विजय) लाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा डीएसपी निरौलाले रक्तदान सबैभन्दा उत्कृष्ट कार्य भएको भन्दै योग्य सबैले रक्तदान गर्नुपर्ने बताए । उनले होटल प्रतिनिधि समाजसँग सम्भव हुनेसम्मका विषयमा सहकार्य गरिने प्रतिवद्धता जनाए ।
नाट्टा गण्डकी प्रदेश प्रथम उपाध्यक्ष संगीता पौडेलले पर्यटन प्रवद्र्धनका लागि समाज र नाट्टा सहकार्य गर्दै अघि बढ्नुपर्ने खाँचो औंल्याइन् ।
समाजका पूर्व अध्यक्ष एवं पोखरा-६ का जनप्रतिनिधि दीपेन्द्र पहारीले समाजले विगतका पनि उत्कृष्ट कार्य गर्दै आएको भन्दै वर्तमान कार्यसमितिले सुरुआतमै महत्वपूर्ण र निकै रचनात्मक काम गरेको बताए ।
समाजका पूर्वअध्यक्ष राजकुमार गुरुङले पोखरा भित्रिने पर्यटकको सुरक्षा गर्ने पहिलो दायित्व होटल प्रतिनिधिको भएको भन्दै यहाँ हुने सकारात्मक सन्देश विश्व समुदायमा पुग्ने बताए ।
समाज अध्यक्ष माधव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा फेवा डुंगा व्यवसायी समिति अध्यक्ष बलराम गिरी, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी, कार्यक्रम संयोजक वामन चौधरीलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution