पोखरा । पृथ्वीराजमार्गको दमौली-डुम्रे खण्ड अझै खुल्न सकेको छैन ।
तनहुँको घाँसीकुवा नजिकै भीषण पहिरो खसेपछि राजमार्ग बुधबार साँझदेखि नै अवरुद्ध बनेको थियो ।
करिब १ सय ५० मिटर सडक पुरिएकाले बुधबार पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आज बिहानैदेखि सडक पन्छाउने काम थालिने भए पनि समय लाग्ने भएको छ ।
राजमार्ग अवरुद्ध भएसँगै पोखरा आउने र पोखराबाट अन्यत्र गएका सवारीसाधन तनहुँमा रोकिएका छन् भने सयौँ यात्रु तनहुँमा अलपत्र परेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution