पोखरा । पोखरास्थित सुजल डेरीले ‘चाडपर्वमा सफल दही, एकदम सही’ नारासहित सफल दही उपभोक्ता माँझ ल्याएको छ । स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको दहीले चाडपर्वलाई अझ विशेष बनाउने कम्पनीको दाबी छ ।
कम्पनीले शुद्ध गाई तथा भैँसीको दूधलाई उच्चस्तरीय प्रविधिद्वारा प्रशोधन गरी बनाइएको बाक्लो र मलायदार सफल दही उपभोगमा सजिलो एवं छिटो हुने जनाएको छ ।
‘तपाईं र तपाईंको परिवारको सन्तुलित आहारका लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही छ,’ कम्पनीको मार्केटिङ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘खाँदा मीठो र स्वास्थ्यका लागि फाइदाजनक हुनु यसको विशेषता हो, दहीमा रहेको क्याल्सियम, प्रोटिन र भिटामिले हुर्कँदै गरेका बालबालिकादेखि वयस्क र वृद्धवृद्धालाई पनि उत्तिकै लाभ पुर्याउँछ’, विज्ञप्तिमा भनिएको छ
दही सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने पनि दाबी गरिएको छ । सफल सादा दही (सुगर फ्री) आधा लिटर प्याकेटलाई ८५, आधा लिटर बट्टालाई एक सय र एक लिटर बट्टालाई एक सय ९० रुपैयाँमा किन्न पाइन्छ ।
सफल दही १८ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा लोकप्रिय छ । चाडपर्वको मिठासमा सफल दहीको समवेशले पर्व अझै स्वास्थ्यप्रद र आनन्दमय बन्ने कम्पनीकाे विश्वास छ ।
सफल ब्रान्डले ‘सफल दही’ सुगर फ्री पनि उपलब्ध गराएको बताएको छ । सुगर फ्री मधुमेह रोगी, गुलियो कम मनपराउने व्यक्ति, स्वास्थ्य सचेत मानिस र स्वस्थ जीवनशैली अपनाउन चाहने सबैका लागि उत्कृष्ट विकल्प रहेको कम्पनीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution