
पोखरा । साफ यु-२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे ।
नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो ।
श्रीलंका भने दुवै खेल हारेर यसअघि न समूह चरणबाट बाहिरिसकेको छ ।
नेपालको सेमिफाईनल प्रतिस्पर्धी शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि टुङ्गो लाग्नेछ ।
च्याम्पियनसिपअन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेल भारत र माल्दिभ्सबीच खेल हुनेछ ।





