पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकस्थित महानगरको स्वामित्वमा रहेको भवनमा सञ्चालित एक पसलमा महानगरपालिकाले ताला लगाइदिएको छ ।
पोखरा महानगरपालिका र एलेक्स ट्रेडर्ससँग भएको सम्झौता बमोजिमको रकम समयमा भुक्तानी नगरेपछि महानगरपालिकाले ताला लगाइदिएको हो ।
भवनको सटर नं.८ मा सञ्चालित एक पसलमा नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा पुगेको टोली पसल बन्द गरिदिएको हो ।
पसलले महानगरपालिकालाई वैशाखदेखिको भाडा तिरेको छैन । पटकपटक भाडा रकम तिर्न आग्रह गर्दा पनि अटेर गरेपछि तालाबन्दी गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution