पोखरा । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।
हालसम्म २९ जनाको उद्धार गरिएको छ । जसमा १४ जनाको अवस्था अति गम्भीर (अचेत) रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी दीपकुमार रायले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पतालमा लगिएको छ । डएसपी रायका अनुसार बसमा ४० जना यात्रु रहेकोमा ११ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस केही समय अघि तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution