पोखरा । मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
घटनास्थलबाट उद्धार गरी आँबुखैरेनी अस्पतालमा लगिएका ३० घाइतेमध्ये १४ जनाको मृत्यु भएकाे घोषणा गरिएकाे इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।
बसमा ४० जना यात्रु रहेकोमा १० जना अझै बेपत्ता रहेको र उनीहरुको गोताखोरको टोलीद्वारा खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।
पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान करिब ११:३० बजे ऐनापहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
बस पृथ्वीराजमार्गबाट करिब १ सय ५० मिटर तल नदीमा खसेको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution