पोखरा । पोखरास्थित फेवातालमा डुबेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा पर्वत फलेवास नगरपालिका वडा नं. २ थापाठाना घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ अन्नपूर्ण टोल बस्ने सूर्यबहादुर क्षेत्रीका छोरा १३ वर्षीय प्रस्ताव क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रस्ताव बिहीबार दिउँसो १ बजे कसैलाई जानकारी नगराइ घरबाट निस्किएर हिंडेका थिए ।
उनी घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गर्नुका साथै सिसिटिभि फुटेजसमेत सामाजिक सञ्जालमा राखेर खोजी गरेका थिए ।
साथीले प्रस्ताव ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी आज दिउँसो ३ बजे गराएका थिए ।
त्यसपछि वडा प्रहरी कार्यालय बैदाम, गण्डकी प्रदेश प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर मालेपाटनबाट संयुक्त रेस्क्यु टोली खटिई खोजतलास गरिएको थियो ।
तालमा खोजी गर्नेक्रममा आज दिउँसो करिब ४ः३० बजे उनको शव भेटिएको थियो ।
उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution