पोखरा । सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिले पूर्वगृहमन्त्री रवि लामिछाने तथा ग्यालेक्सी टिभीको माउ कम्पनी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग ६ घन्टा लामो बयान लिएको छ ।
समितिले लामिछानेसँग शुक्रबार अपराह्न साढे ४ देखि राति साढे १० बजेसम्म बयान लिएको थियो ।
बयानमा रविले ५० वटा प्रश्नको जबाफ दिएको बताइएको छ ।
बयानमा लामिछानेले आफूले प्रबन्ध निर्देशकको रूपमा दैनिक काम गरेको र आर्थिक जिम्मेवारी जिबी राईले नै जुटाउने गरेको बताएका छन् । लामिछानेले यसबारे राईलाई नै थाहा हुने बताएका हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution