तनहुँ बस दुर्घटनाः पोखरामा हुने भनिएको शव परीक्षण भरतपुरमा सुरु, राति नै लगियो शव

  • पोखरा न्यूज
  • २०८१ भाद्र ८
तनहुँ बस दुर्घटनाः पोखरामा हुने भनिएको शव परीक्षण भरतपुरमा सुरु, राति नै लगियो शव

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । भरतपुर अस्पतालमा आज बिहानैदेखि शवको परीक्षण सुरु गरिएको हो ।

शव परीक्षण पोखरामा हुने भनिए पनि अन्तिममा भरतपुरमा गर्ने तय भएको थियो । त्यसपछि राति नै शव चितवन पुर्याइएको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

आँबुखैरेनी अस्पतालमा रहेका २६ जनाको शव शुक्रबार राति नै चितवन पुर्याएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उनले बताए ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस