पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सक्षम नागरिक उत्पादन हुन सके समाज र राष्ट्रको विकास हुने बताएका छन् ।
असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्ने उनको दावी छ ।
पोखरा जेसीजद्वारा आयोजित ‘जेसीआई नेपाल विजनेस एकेडेमी’ को उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकास गर्नुपर्ने जिकिर गरे ।
प्रदेश प्रमुख भट्टले जेसीजले आयोजना गरेको प्रशिक्षणले युवालाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
जेसीजले युवा सशक्तीकरण गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको उनले दावी गरे ।
जेसीजले असल, योग्य युवाको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा प्रदेश प्रमुख भट्टले प्रशंसा पनि गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution