तमु धिं नेपालको माछापुच्छ्रे गाउँपालिका संयोजकमा दुर्गाबहादुर गुरुङ

  • पोखरा न्यूज
  • २०८१ भाद्र ८
तमु धिं नेपालको माछापुच्छ्रे गाउँपालिका संयोजकमा दुर्गाबहादुर गुरुङ

पोखरा । तमु धिं नेपाल माछापुच्छ्रे गाउँपालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरेको छ ।

संघीय संरचना अनुसार संस्थाको संरचना विस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवं सामाजिक क्षेत्रका अगुवाको भेलाले आयोजक समिति गठन गरिएको हो ।

समिति सचिवमा प्रचण्डशक्ति गुरुङ, सदस्यमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुल प्रसाद गुरुङ, चिजबहादुर गुरुङ, राजु गुरुङ, राकेश गुरुङ, दानबहादुर गुरुङ, विश्वास गुरुङ र अनिश गुरुङ छन् ।

समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम आयोजना गरी तमु धिं नेपाल माछापुच्छ्रे गाँउपालिका समिति विधिसम्मत गठन गर्ने निर्णय गरेको छ ।

उक्त अवसरमा संयोजक गुरुङले सम्पूर्ण माछापुच्छ्रे गाउँपालिकाका गुरुङहरु संगठित गरी तमुहरुको अधिकार सुनिश्चित गर्न जुट्ने प्रतिवद्दता जनाए ।

भेलाका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले तमु एकताले सबैको हित हुने बताए । तमु धिंले संगठन निर्माण र प्रशिक्षण अभियान आफ्नै पालिकाबाट सुरु गरेकोमा उनले खुशी ब्यक्त गर्दै आफ्नो र पालिकाको तर्फबाट तमुधिंको अभियानमा साथ रहने प्रतिवद्दता जनाए ।

पोखरा-२५ याम्दीस्थित रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैगीलामा समाजघरमा आयोजित कार्यक्रममा नाथु प्रल्हाद ङेह्रो पैगीलामा परिवारका महासचिव यामबहादुर गुरुङले शुभकामना ब्यक्त गरे ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जुनाकुमारी गुरुङ र केन्द्रीय सदस्य कृष्णकुमार गुरुङले भेलाको उद्देश्य, तमु एकता, सामुदायिक अधिकार, विधानमा व्यवस्थालगायतका बारेमा जानकारी गराएका थिए ।

तमु धिं अध्यक्ष गुरुङको अध्यक्षता भएको कार्यक्रममा हरिमाया गुरुङले स्वागत, महासचिव जुना गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस